प्रदेश- १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

प्रदेश- १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

केन्द्रबिन्दु
0
Shares

प्रदेश- १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । 

बिहीबार बिहान बसेको प्रदेशसभा बैठकले गौतमलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । उनलाई ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणासमेत गरेका छन् । गौतमको प्रस्तावकमा एमालेका रवतीरमण भण्डारी र समर्थकमा नारायणबहादुर मगर थिए । माओवादी केन्द्रका उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दुवै दलको समर्थन रहेको थियो । 

गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

प्रदेश- १ मा शक्ति बाँडफाँटमा माओवादीले सभामुख पाउँदा एमालेले मुख्यमन्त्री पाएको थियो । प्रदेश १ को पहिलो कार्यकालमा  एमाले  सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । प्रदेशसभाको दोस्रो कार्यकालमा गौतम सभामुख बनेका हुन् ।

Skip This
Skip This
Logo