सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचनका लागि नागरिक उन्मुक्ति कुनै प्रक्रियामा सहभागी नहुने जनाएको छ ।
नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले गठबन्धनसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आफ्नो पार्टी तटस्थ बन्ने जनाएका हुन् । यहाँ नागरिक उन्मुक्तिका ७ सांसद छन् । उनीहरू कतै नलाग्दा कुनै पनि गठबन्धनमा बहुमत पुग्दैन ।
यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादी ४ राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् । सत्ता गठबन्धनमा नागरिक उन्मुक्तिका ७ जनाले कतै मत नदिँदा सत्ता गठबन्धनमा २२ जना मात्रै हुन्छ ।
यता कांग्रेस नेकपा एकीकृत समाजवादी तर्फ पनि नागरिक उन्मुक्तिले मत नदिँदा २३ मत पुग्छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख चयन हुन २७ सांसद आवश्यक हुन्छ । अहिले नागरिक उन्मुक्तिले आज कसैलाई मत नदिए कसैका पनि बहुमत नपुग्ने देखिएको हो । यहाँ काङ्ग्रेसबाट मानबहादुर रावल र माओवादीबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन् । उनीहरू बिच बिहीबार पनि कसैले बहुमत नपाएपछि आज पुन निर्वाचन हुन लागेको हो ।





























प्रतिक्रिया