काठमाडौं ।
साताको पाँचौं दिन आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्ला दुई दिन घटेको मूल्य मंगलबारदेखि भने बढेको हो ।
सुन आज ६ सयले बढेको छ । आइतबार ७ सयले घटेको थियो । सोमबार २ सयले घटेको थियो । यस्तै मंगलबार ४ सयले बढेको सुन बुधबार ५ सयले बढेको थियो ।
गत हप्ता आइतबार सुन २ हजार ३ सयले घटेको थियो । सोमबार ८ सयले घटेको थियो । सुन मंगलबार भने ६ सयले बढेको थियो । यस्तै बुधबार १ सयले बढेको सुन विहिबार ८ सयले घटेको थियो । शुक्रबार सुन आज ४ सयले बढेको थियो ।
आज सुन प्रतितोला ९३ हजार १ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय कायम गरिएको छ । चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार २७५ मा कारोबार भइरहेको छ ।































प्रतिक्रिया