बागमती प्रदेशको उपसभामुख पदका लागि आज सोमबार हुँदैछ । उपसामुख पदका लागि आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा निर्वाचन प्रक्रिया सुरु गरिने प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेशको उपसभामुख पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । गत पुस २९ गते बसेको प्रदेशसभाको बैठकले उपसभामुख पदका लागि माघ २ गते सोमबारको मिति तय गरेको थियो ।
प्रदेशसभा बैठकले मिति तय गरेलगत्तै सोही दिन उपसभामुख पदका लागि मनोनयन दर्ता गरेको थियो । प्रदेशसभा सचिवालय हेटौंडाले उपसभामुख पदका लागि शुक्रबार साँझ ५ बजेदेखि ६ः३० बजेसम्म मनोनयन दर्ताको कार्यक्रम तय गरेको थियो । उपसभामुख पदका लागि ३ वटा दलबाट ३ जनको उम्मेदवारी दर्ता भएको हो ।
उक्त अवधीमा प्रदेशसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेमकीपाका सांसदले उम्मेदवारी दिएका हुन् । सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईंले उपसभामुख पदका लागी उम्मेदवारी दिएकी छिन् भने नेपाली कांग्रेसबाट सुना परियारको उम्मेदवारी दिएकी छिन् । नेमकीपाबाट गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।
उनीहरुले नेपालको संविधानको धार १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ९ को उपनियम (२) बमोजिम उम्मेदवारी दिर्ता गराएका हुन् । केन्द्रीय स्तरमा गत पुस २५ गते भएको सत्तारुढ गठबन्धनको भागबण्डाको क्रममा बागमती प्रदेशको उपसभामुख पद एमालेको भागमा परेको थियो । सोही अनुसार उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेकी चापागाईंले उम्मेदवारी दर्ता गरेकी हुन् ।































प्रतिक्रिया