मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री दाहाल पुगे बालकोट

मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री दाहाल पुगे बालकोट

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

ओलीलाई भेट्ने केहीबेरअघि बालकोट पुगेको ओलीको सचिवालयले जनाएको छ। बालुवाटार पटक पटक छलफल भइरहेकोमा आज प्रचण्ड आफै बालकोट पुगेका हुन्। प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन्।

राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेका बेला प्रचण्ड बालकोट पुगेका हुन्। प्रचण्ड आज बालकोटमै दिवा भोजपछि फर्किने छन्।  दुई नेताबीच आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल हुने बताइएको छ।

Skip This
Skip This
Logo