कांग्रेसबाट ईश्वरी न्यौपानेले दिइन् सभामुखमा उम्मेदवारी

कांग्रेसबाट ईश्वरी न्यौपानेले दिइन् सभामुखमा उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिएकी छन्। 

बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रस्तावकमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला छन्।  

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि बसेको कांग्रेस संसदीय दलको बैठकले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी उनी कैलालीकी हुन्।उनी यसअघि कांग्रेसको प्रमुख सचेतक भइसकेकी छिन् ।

सभामुखकाे निर्वाचनमा कांग्रेस सरकारमा सहभागी नभएका दलहरुको समर्थन खोजिरहेको छ । 

सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराइसकेका छन्। सभामुख चयनका लागि बिहीबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । 

Skip This
Skip This
Logo