नेपाल चम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले वि.सं.२०८२ पछि पुराना ग्राहकलाई चालु पुँजी कर्जा लागू हुनेगरी गरिएको व्यवस्था स्वागतयोग्य रहेको बताएका छन् ।
बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले राष्ट्र बैंकले २०८२ पछि पुराना ग्राहकलाई चालु पुँजी कर्जा लागू हुनेगरी गरिएको व्यवस्था स्वागतयोग्य रहेको भन्दै ठूला र साना सबैले कारोबारको ४० प्रतिशत पाउने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।
अध्यक्ष मल्लले अहिले जस्तो कसैलाई कारोबारको २० प्रतिशत कसैलाई ४० प्रतिशत कर्जा प्राप्त हुने व्यवस्था हट्नुपर्ने पनि बताए ।
उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आग्रह गरे । बैंकको ब्याजदरको उच्च वृद्धि कम गर्न पनि अर्थमन्त्रीलाई उनले सुझाव दिए ।
अध्यक्ष मल्लले अहिलेको मौद्रिक नीति, अर्थनीतिले होटेल व्यवसायीलाई राहत नदिएको पनि बताए ।





























प्रतिक्रिया