विदेशमा बस्ने नेपालीका लागि जारी गरेको शुभम पावरको आईपीओ बाँडफाँड

विदेशमा बस्ने नेपालीका लागि जारी गरेको शुभम पावरको आईपीओ बाँडफाँड

केन्द्रबिन्दु
0
Shares

शुभम पावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई निष्कासन गरेको साधारण सेयर बाँडफाँड गरेको छ । 

कम्पनीले पुस ६ गते देखि २० गतेसम्म प्रतिकित्ता एक सय अंकित दरमा ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको थियो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुत्तिलनाथ क्यापिटलका अनुसार निष्कासन अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूमध्ये ५ हजार ८०५ जना लगानीकर्तालाई १० कित्ताका दरले ५८ हजार ५० कित्ता साधारण बाँडफाँड गरिएको हो । 

यसरी बाँडफाँड गरी बाँकी रहेको ८ कित्ता सेयर २० कित्ताभन्दा धेरै आवेदन दिने लगानीकर्तामध्येबाट ८ जनालाई थप १/१ कित्ताका दरले बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।

सेयर बाँडफाँडसम्बन्धी विवरण आवेदकहरूले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित www.meroshare.cdsc.com.np तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडबाट सञ्चालित www.muktinathcapital.com बाट हेर्न सकिन्छ ।

Logo