वैदेशिक रोजगार ऐन संशोधन गर्न सरकार तयारः प्रधानमन्त्री

वैदेशिक रोजगार ऐन संशोधन गर्न सरकार तयारः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार ऐन संशोधन गरी वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताएका छन् । 

शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले श्रम मन्त्री र सचिवसँग राम्रो जानकारी लिएर श्रम ऐन संशोधनदेखि वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी र सम्मानित बनाउन तयार रहेको बताएका हुन् । उनले वैदेशिक रोजगारीको क्षेत्रमा विगतमा धेरै विकृति विसङ्गतिहरु रोक्न व्यवसायीहरुको सहयोगको आवश्यकता रहेको बताए । 

प्रधानमन्त्री दाहालले समय अनुसार वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पारदर्शी,प्रभावकारी बनाउने र अवाञ्छित र गलत क्रियाकलापहरुलाई निरुत्साहीत गर्ने प्रक्रियामा केही प्रगति भइरहेको बताए । 

उनले हेरक क्षेत्रमा जनता र राष्ट्रको निम्ति केही नयाँ शुरुवात गर्ने प्रतिवद्धता व्यक्त गरे । 
 
प्रधानमन्त्री दाहालले वैदेशिक रोजगार व्यवसायीहरुले नै वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति विसङ्गतिहरुलाई रोक्न सहयोग गर्न आग्रह गरे । उनले व्यवसायीहरुले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार रहेको पनि बताए । 

Logo