ग्लोबल आईएमई बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, ४.४७ प्रतिशतले नाफा वृद्धि

ग्लोबल आईएमई बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, ४.४७ प्रतिशतले नाफा वृद्धि

केन्द्रबिन्दु
0
Shares

बैंक अफ काठमाण्डूसँग एकीकृत कारोबार सुरु गरेको ग्लोबल आईएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७९÷८० को दास्रो त्रैमाससम्म दुई अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

शनिबार सार्वजनिक गरेको बैंकको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा ४.४७ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको पुस मसान्तसम्म बैंकले दुई अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको दोस्रो त्रैमासम्म १.१३ प्रतिशत खराब कर्जा भएकोमा बैंक अफ काठमाण्डूलाई मर्ज गरेसँगै खराब कर्जामा वृद्धि भएको देखिन्छ । चालु आर्थिक वर्षको त्रैमाससम्म यस्तो खराब कर्जा बढेर २.९२ प्रतिशत कायम भएको छ ।

बैंकले कुल ब्याज आम्दानीबापत ६ अर्ब ५४ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यस्तो ब्याज आम्दानी चार अर्ब ७९ करोड ५२ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मात्र यो बैंकले ब्याज आम्दानबापत दुई अर्ब ४५ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, बैंकले सञ्चालन मुनाफामार्फत तीन अर्ब ७९ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ भने फ्रि एण्ड कमिशनमार्फत् ९४ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म बैंकले फ्रि तथा कमिशनबाट ९१ करोड १६ लाख रुपैयाँ आर्जन गरेको थियो ।

बैंक अफ काठमाण्डूलाई मर्जर गरेपछि बैंकको चुक्तापुँजी  ३५ अब ७७ करोड १० लाख रुपैयाँ कायम भएको छ । बैंकले जगेडा कोषमा १८ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ जम्मा गरेको छ । त्यस्तै, रिटर्न अर्निङमा एक अर्ब ११ करोड ९१ लाख रुपैयाँ रहेको छ । 

Logo