नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी अपराधी खोज्ने परम्परा सुरू गरेको बताएका छन् ।
शनिबार उपसभामुख चयनका लागि जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले हत्या आरोपित नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयबाट पत्र जारी भएकोमा सो परिपाटी गलत भएको भन्दै आपत्ति जनाएका हुन् । उनले यसबारे गृहमन्त्रीसँग जवाफ पनि माग गरेका छन् ।
साथै खतिवडाले गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्नसमेत गरेका छन् । हाल गृहमन्त्रीले केटाकेटी पनको प्रदर्शन गरेको र सुरक्षा निकायलाई दिएको निर्देशन सार्वजनिक गर्न नहुने उनको भनाई थियो ।































प्रतिक्रिया