लागूऔषध खैरो हिरोइन कारोवार गर्ने ९ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा इलामका सन्दिप राई, दीपक राई, केसाङ्ग योल्मुले र सोनाम कागते, मनाङका टासी सन्डुप गुरुङ, पाँचथरका भीप्रसाद लोवा तथा झापाका दिनेश कुमाल, सन्तोष सापकोटा र राजेश श्रेष्ठ रहेका छन् ।
प्रहरीले पक्राउ परेकासँग ५३६ ग्राम खैरो हिरोइन, ७.५ ग्राम एमफेटाइमन आइस ड्रग र लागूऔषध तौल गर्ने मेसिनसमेत बरामद गरेको छ । यस्तै ६ लाख ७१ हजार ५०० नेपाली रुपैयाँ, ६ हजार १०० अमेरिकन डलर, तीन थान मोटरसाइकल तथा स्कुटरसमेत बरामद गरिएको छ ।































प्रतिक्रिया