बसभित्र तास खेलिरहेका चारजना पक्राउ, नगद पनि बरामद

बसभित्र तास खेलिरहेका चारजना पक्राउ, नगद पनि बरामद

केन्द्रबिन्दु
0
Shares

भक्तपुरमा बसभित्र तास खेलिरहेका चारजना पक्राउ परेका छन् । 

मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली सिद्धार्थ पेटोल पम्प पछाडि पार्किङ गरिराखेको सैलुगेश्वरीदेखि काठमाडौं चल्ने बा ३ ख ३६५६ नम्वरको बसभित्र तास खेलिरहेको उनीहरुलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएकाे छ । 

भक्तपुर प्रहरी परिसका प्रमुख एसपी प्रजित केसीका अनुसार उनीहरुको साथबाट ७१ हजार नगद र एक बुक तास बरामद गरिएकाे हाे । उनीहरुलाई अहिले नियन्त्रणमा लिई परिसरमा ल्याउने काम भइरहेको उनले बताए ।

Skip This
Skip This
Logo