‘पार्टी टुटफुट जनतालाई स्वीकार्य हुँदैन’ : नेकपा प्रमुख सचेतक गुरुङ

‘पार्टी टुटफुट जनतालाई स्वीकार्य हुँदैन’ : नेकपा प्रमुख सचेतक गुरुङ

केन्द्रबिन्दु
0
Shares

लमजुङ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले ठूलो मेहनत र बलीदानबाट एकतामा रुपान्तरण भएको गौरवशाली पार्टी टुटफुट नहुने दाबी गरेका छन् । लमजुङस्थित मर्स्याङ्दी गाउँपालिकामा नेकपा गाउँपालिका कमिटिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले पार्टी फुटाउने कार्य जनतालाई अस्वीकार्य भएको बताएका हुन्।

आन्तरीक विवाद सामान्य वैचारिक ध्रुवीकरण मात्र भएको उल्लेख गर्दै उनले पार्टी नेतृत्वले उचित निर्णय गरेर पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाउने विश्वास व्यक्त गरे। नेकपामा आन्तरिक विवाद भइरहेमा बाहिरी शक्तिले चहलखेल गर्न सक्ने र देशको विकासमा समेत धक्का पुग्ने उनले बताए ।

नेकपाले एकताबद्ध भएर अघि बढेमा मात्र जनताले चाहेको जस्तो विकास गर्दै मुलुकलाई अघि बढाउन सकिने सचेतक गुरुङको भनाइ थियो । सचेतक गुरुङले मर्स्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीमा गएको बाढीपहिरो प्रभावित क्षेत्रको समेत निरीक्षण गरेका थिए । साउन ७ र ८ गते गएको बाढीले प्रभावित गाउँ तथा पहिरोको स्थलगत निरीक्षण गरेका थिए ।रासस

Skip This
Skip This
Logo