कोलम्बिया सरकार र विद्रोही समूहको शान्तिवार्ताको स्वागत

कोलम्बिया सरकार र विद्रोही समूहको शान्तिवार्ताको स्वागत

केन्द्रबिन्दु
0
Shares

कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना हुने भनिएको शान्ति वार्ताको विद्रोही समूहले स्वागत गरेका छन् ।

कोलम्बियाको सरकारले यहाँका विद्रोहीहरुसँग शान्तिवार्ता हुने जानकारी शनिबार गराएको थियो । यहाँका विद्रोही समूह नेशनल लिबरेसन आर्मी (इएलएन) सँग आगामी महिना शान्ति वार्ताको सहमति भएको थियो । 

शनिबारको सो सहमतिको यहाँको सो विद्राेही समूहले आधिकारिक रुपमा स्वागत गरेको हो । यहाँका विद्रोही समूहले सोमबार सो शान्तिवार्ताका माध्यमबाट सबै समस्याको समाधान निकाल्नुपर्ने भन्दै अबको दोस्रो चरणको वार्ताबाट देशमा शान्ति स्थापनाका लागि सहयोग पुग्ने अपेक्षा गरिएको बताएको हो ।  

अबको वार्तामा सरकारी पक्ष पनि आसावादी भएको र दुवै पक्ष सहमतिको नजिकमा पुग्ने सम्भावना धेरै रहेको सरकारी वार्ता टोलीका संयोजकले शनिबार बताएका थिए । आगामी वार्ताका लागि दुवै पक्षबीच समझ्दारी भएको र आगामी केही दिनमा नै युद्धविराम गरिने पनि सो समूहले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।

यहाँको सरकारले यहाँ दशकौँसम्म जारी रहेको हिंसाको अन्त्यका लागि शान्ति वार्ताका माध्यमबाट अधिकतम प्रयास गर्ने बताएको र सोही प्रयासस्वरुप आगामी महिना शान्ति वार्ता हुन लागेको हो । -सिन्ह्वा 

Logo