सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भईरहेको बताएका छन् ।
अध्यक्ष ओलीले काँग्रेसप्रति संकेत गर्दै सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेतर्फ गईरहेको बताएका हुन् । बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सरकार ढाल्ने र टिकाउने खेल भन्दामाथि उठेर देशको हितका लागि ‘डेमोक्रेटिक इक्सरसाईज’ गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।
अध्यक्ष ओलीले मुलुकको राजनीतिलाई ठिक बाटोमा अघि बढाउन आफूहरुले कोसिस गरिरहेको दावी समेत गरे । उनले नेपालको राजनीतिक क्षेत्रले पनि आयुर्वेदको महत्व बुझ्न चाहेको पनि पटकपटक दोहो-याए ।
योगसहितको आयुर्वेदलाई स्वास्थ्य अभियानकै रुपमा अघि बढाउने सके मुलुकको स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति हुने पनि अध्यक्ष ओलीले स्मरण गराए । त्यसका लागि सरकारलाई आवश्यक ध्यान दिन आफूले पनि सुझाव दिने उनको आश्वासन थियो ।































प्रतिक्रिया