कर्णालीमा माओवादी र एमालेले लगाए मन्त्रीको टुंगाे, कसलाई कुन मन्त्रालय ?

कर्णालीमा माओवादी र एमालेले लगाए मन्त्रीको टुंगाे, कसलाई कुन मन्त्रालय ?

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेश सरकार बुधबार विस्तार हुन लागेको छ । माओवादी र एमालेले मन्त्रीको नाम टुंगो लगाएपछि बुधबार साँझ ६ बजे शपथ हुन लागेको हो । 

नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर जिसी र भीमप्रकाश शर्मा मन्त्रीका लागि सिफारिस भएका छन्।  बुधबार पार्टीले सुर्खेतका जिसी र सल्यानका शर्माको नाम मन्त्रीका लागि सिफारिस गरेको हो। 

जिसी सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (२)बाट र शर्मा सल्यान प्रदेश सभा (१)बाट निर्वाचित भएका थिए । मुगुका मंगल शाहीलाई भौतिक पूर्वाधार  उर्जा था जलस्रोत मन्त्रालय जिम्मेवारी दिइएको छ ।

त्यस्तै नेकपा एमालले दैलेखका विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्रालय, जुम्लाका टेकराज पछाई सामाजिक विकास मन्त्रालय, जीतबहादुर मल्ललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

Skip This
Skip This
Logo