डिशहोममा १ वर्षको रिचार्ज गर्दा चाँदनी-दोधाराका निशान्त बुढाले जिते १ लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा चाँदनी-दोधाराका निशान्त बुढाले जिते १ लाख

केन्द्रबिन्दु
3
Shares

डिशहोममा १ वर्षको रिचार्ज गर्दा चाँदनी-दोधारा नगरपालिका निशान्त बुढाले नगद एक लाख रुपैयाँ जितेका छन् । 

बुढाले केदार ट्रेडिङको डिलर अन्तर्गत रहेको दोधारा कंचनपुरका सह-बितरक न्यु एकता ट्रेडर्सका डिलरमा एक वर्ष रिचार्ज गरेर लक्कि ड्र मार्फत सो रकम जितेका हुन् ।

केदार ट्रेडिङको डिलर अन्तर्गत रहेको दोधारा कंचनपुरका सह-वितरक न्यु एकता ट्रेडर्सका डिलर दाई रिङ्कु रोकायकोमा एक वर्ष रिचार्ज गरेर बुढाले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फबाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका म्यानेजर जगदीश भट्ट र सेल्स अफिसर कमल रिमालबाट जितेका पुरस्कार रकम हस्तान्तरण गरेका छन् । विजेता बुढालाई हार्दिक बधाई दिँदै डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिने कम्पनीले जनाएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोमा हेर्न सकिनेछ ।

Logo