काठमाडौं ।
नेकपाभित्रको आन्तरिक विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल हुने भएको छ।
आइतबारदेखि नेताहरुबीच दिनहुँ छलफल भइरहे पनि अहिले सम्म कुनै सहमति जुट्न सकेको छैन । नेताहरुबीच आज बेलुका छलफल हुने बताइएको छ ।
यस अघिका छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि सहभागी भएका थिए । आजको छलफलमा पनि उनीहरु सहभागी हुनेछन् ।
१३ साउन देखि दुईअध्यक्षबीच रोकिएको संवाद आइतबारदेखि शुरु भएको हो । नेताहरु आ–आफ्नै अडानमा कायमै रहेका कारणले अहिलेसम्म सहमति बन्न सकेको छैन। जसले गर्दा कार्यकर्ता र शुभचिन्तकहरु निराश बनेका छन् ।































प्रतिक्रिया