रिद्धि सिद्धि सिमेन्टद्वारा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्‍न

रिद्धि सिद्धि सिमेन्टद्वारा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्‍न

केन्द्रबिन्दु
0
Shares

नेपालमै पहिलो पटक अत्याधुनिक रोवोटिक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी रिद्धि सिद्धि सिमेन्टले एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कम्पनीले मकवानपुरको भीमफेदी गाउँपालिका- ३, झलकनेमा एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।  

भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धिसिद्धि सिमेन्ट लिद्वारा आयोजित सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिदम लामा, प्रशासन प्रमुख अच्युत पराजुली, वडाअध्यक्ष प्रीतिलाल लामालगायतको उपस्थिति रहेको थियो ।

कम्पनीले सबैको स्वास्थ्यप्रति सचेत रहेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने बताएको छ ।  

Skip This
Skip This
Logo