धनुषामा हिरासतबाटै फरार भएकामध्ये एक जना पक्राउ

धनुषामा हिरासतबाटै फरार भएकामध्ये एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना अभियुक्तमध्ये एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका वडानम्बर–६ का २८ वर्षीय रोशन महतो रहेका छन् । महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौना स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी हातहतियार तथा खरखजाना मुद्दामा शुक्रबार पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर आइतबार राति ६ जना थुनुवा फरार भएका थिए । अन्य पाँच जनाको खोजी तीव्र पारिएको धनुषा प्रहरीले जनाएको छ ।

Logo