धनुषामा हिरासतबाटै अभियुक्त फरार भएपछि तीन जना प्रहरी निलम्बित

धनुषामा हिरासतबाटै अभियुक्त फरार भएपछि तीन जना प्रहरी निलम्बित

केन्द्रबिन्दु
0
Shares

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना अभियुक्त फरार भएपछि तीन जना प्रहरी निलम्बनमा परेका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले घटनामा लापरबाही गरेको भन्दै हिरासत व्यवस्थापन अधिकृतसहित रातिको समय डिउटी बसेका तीनजना प्रहरीलाई निलम्बन गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको छ।

आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गरिसकेको छ भने अन्य ५ थुनुवा अझै पनि फरार छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

थुनुवा फरार घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान गरिरहेका छन्। 

Logo