प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष तथा उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।

बुधबार बिहान बालुवाटारमा भएको भटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका बारेका छलफलमा भएको जनाइएको छ। सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि उनले सम्हालेको गृह मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डले आफैं राखेका छन्।

नागरिकता पुनः प्राप्ति गरेका रास्वपा सभापति लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाएका सरकारबाट बाहिरिने बताएका थिए। प्रधानमन्त्री प्रचण्ड भने अब गृह मन्त्रालय अरू दललाई नदिने पक्षमा छन्। 

Skip This
Skip This
Logo