काठमाडौं ।
नेपालको हकमा युट्युबमा अन्तर्वार्ता दिएर चर्चामा आउने सेलिब्रेटीहरु त टन्नै छन् । तर युट्युबमा अन्तर्वार्ता लिएर चर्चामा आउने सेलिब्रेटीहरु भने निकै कम छन् ।
ति निकै कम सेलिब्रेटीहरु मध्येका एक हुन् , युट्युब पत्रकार भाग्य न्यौपाने । पछिल्लो समय भाग्य न्यौपानेको भाग्य युट्युबले नै चम्काइदिएको छ भने नाम अनुसारको काम भने जस्तै भाग्यले युट्युबमार्फत नेपालका कुनाकुनामा रहेका प्रतिभालाई खोजी–खोजी धेरैको भाग्य चम्काएका छन् ।
गाउँगाउँ पुगेर लिएका उनका अन्तर्वार्तालाई लाखौँ दर्शकले युट्युबमा हेर्ने गरेका छन् । समस्यामा परेका तर हाइलाइटमा नपरेका समाचारलाई फरक ढंगले प्रस्तुत गर्ने भाग्य समाजसेवामा पनि जोडिएका छन् । जसकारण भाग्यका फ्यानहरु दिनानुदिन बढ्दै गएका छन् ।
धेरैको जीवनका अन्तरंग खोलेका भाग्यको आफ्नो जीवन संघर्ष भने त्यति बाहिर आएको छैन । केन्द्रविन्दुको आजको बसाईमा हामीले भाग्यसँग कुराकानी गरी उनका व्यवसायिकदेखि व्यक्तिगत सम्मका कुरा खोतल्ने प्रयास गरेका छौँ । हेर्नुहोस् भिडियोमा :































प्रतिक्रिया