प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले संसद नियमावली निर्माण कार्यलाई तिब्रता दिएको छ ।
बुधवार संसद भवनमा बसेको समितिको बैठकले आफूलाई नियमावली निर्माणका लागि दिइएको १५ दिनको समय भित्र नै नियमावली निर्माण सक्नेगरी छलफल अघि बढाएको बताएको हो ।
बैठकपछि बोल्दै नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले नियमावलीमा प्रश्तावनादेखि विभिन्न नियमहरुमा छलफलहरु अघि बढाइरहेको बताए । उनले नियमावलीमा प्रत्येक पटक संसद अधिवेशन शुरु भइसकेपछि नियमावली परिमार्जन गर्ने विगतदेखिकै अभ्यास रहेको र सोहीअनुसार नियमावली निर्माण गर्न १५ दिनको समयमै सक्नेगरी नियमावली निर्माण प्रक्रिया अघि बढाइएको बताए ।
प्रतिनिधि सभाले नियमावली मस्यौदा समितिमा २१ जना सदस्य तोकेको छ । गत माघ १३ गते समितिको पहिलो बैठक बसेको थियो ।





























प्रतिक्रिया