बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
ढाकाको मुस्तफा कमल मैदानमा शुक्रबार भएको खेलमा नेपाल घरेलु टाली बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो । बंगलादेशलाई जित दिलाउन शाहिदा अक्तर रिपाले दुई गोल तथा मस्ट अक्लिमा खातुनले एक गोल गरिन् । नेपालका मनमाया दमाइले एक गोल फर्काईन् ।
बंगलादेशले तेस्रो मिनेटमै अग्रता लिएको थियो । खेलको १३ औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाईन् । खेलको २४ औं मिनेटमा नेपालकी मनमायाले गोल गरेपछि खेल २–१ को स्थितिमा रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा रिपाले गोल गर्दा बंगलादेश ३–१ ले विजयी भयो । योसँगै नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ भने बंगलादेशले पहिलो खेलमै ३ अंक जोडेको छ ।
च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । आफ्नो दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग, मङ्गलवार भारतसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।































प्रतिक्रिया