कोरोनाबाट बच्न प्रदेश नं. २ का ६ सहरमा कर्फ्यू र निषेधाज्ञा जारी

कोरोनाबाट बच्न प्रदेश नं. २ का ६ सहरमा कर्फ्यू र निषेधाज्ञा जारी

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम ।

समुदायस्तरमा कोरोना भाइरसको संक्रमणपछि प्रदेश २ का विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को ६ जिल्ला सदरमुकाम भिडभाड हुने स्थानमा निषेधाज्ञा जारी गरिएको हो ।

सप्तरीको सदरमुकाम राजविराज, प्रदेशको अस्थायी राजधानी जनकपुरधाम, महोत्तरीको जलेश्वर, रौतहटको गौर, बाराको कलैया र पर्साको बिरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ । समुदाय स्तरमा संक्रमित बढेपछि थप संक्रमण रोक्न तयारी पूर्वअभ्यास अनुरुप निषेधाज्ञा जारी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

समुदायस्तरमा संक्रमणको आशंकापछि जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार राति १२ बजेदेखि सात दिने निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जनकपुरधाम उप–महानगरपालिका भित्र निषेधाज्ञा जारी गरेको उनले जनाए ।

यसैगरी महोत्तरी जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल चारकिलाको क्षेत्रमा पाँच दिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । त्यसैगरी जिल्लाको महोत्तरी गाउँपालिका ३ र ५ वडामा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रशासनले निषेधाज्ञा अवधिमा ‘मास टेस्टिङ्ग’ तिव्रता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण कटवालले जानकारी दिए । कोरोना संकट व्यवस्थापन केन्द्रले महोत्तरीको १५ वटै स्थानीय तहमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कट्वालले भने, ‘महोत्तरीको सबै पालिकामा नमूना मुलक पीसीआर परीक्षणको रिपोर्टपछि संक्रमण अवस्थाको मानचित्र अनुसार अगाडिको कदम चलाइनेछ ।’

‘ट्राभल हिस्ट्रि’ नभएका र संक्रमितको सम्पर्कमा नआएका केही व्यक्तिमा संक्रमित देखिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कटवालले भने, ‘अहिले देखिएका नयाँ संक्रमितहरुको ट्राभल हिस्ट्रि छैन, संक्रमितको सम्पर्कमा पनि आएको छैन, तर शंका लागेर चेक जाँच गर्दा कोरोना रिपोर्टमा पोजिटभ देखिएको हो ।’

समुदायमा कोरोना संक्रमण रोक्न प्रदेश २ को ८ जिल्लामा ५४ हजार मास्क नलगाउनेलाई कारवाही गरिएको प्रदेश प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।अन्नपूर्णबाट

Logo