विदेशीको इसारामा नेपालका सरकार ढल्ने गर्छन्, अब हामी जनताको नेतृत्व गर्छौँ -विप्लव

विदेशीको इसारामा नेपालका सरकार ढल्ने गर्छन्, अब हामी जनताको नेतृत्व गर्छौँ -विप्लव

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीहरुको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गरेका छन् । 

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासचिव चन्दले विदेशीहरुको निर्देशनमा नेपालका अर्थतन्त्रहरु निर्माण हुने गरेको दाबी गरेका हुन् । उनले नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा गइरहेको बताए । 

महासचिव चन्दले नव उदारवादी नीतिको कारणले नेपालको अर्थतन्त्रलाई टाट पल्टाउने र मुठीभर विदेशी एकाधिकार पुँजीपतिहरुले नेपालमा भएको अर्थतन्त्रमा कब्जा जमाउने परिस्थितिको अन्त्य हुन आवश्यक रहेको बताए । उनले देशभित्रै केही गर्छु भन्ने मध्यम वर्गीय उद्योग व्यवसायीहरु आत्मदाह गर्नुपर्ने परिस्थिति निर्माण भइरहेको र राष्ट्रिय उद्योगीहरुसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति बनेको बताए । थोरै मानिसहरुले अर्थतन्त्र अधिनमा राखेर अधिकांश जनतालाई गरिबीतिर धकेल्ने विप्रेषण बढेको उनले बताए । 

महासचिव चन्दले आफ्नो पार्टीले देशको जिम्मा लिनेगरी अघि बढ्ने बताए । उनले नेपाली जनताले चाहेको सपनालाई साकार बनाउन आफ्नो पार्टी लागिरहेको बताउँदै पार्टी आगामी दिनमा जनतामा जाने र जनताको नेतृत्व गर्ने दाबी गरे । नेपाल कम्युनिष्ट पार्टीलाई जनआधारित पार्टी बनउनुपर्ने भन्दै कम्युनिष्ट आन्दोलनलाई कसरी एकतावद्ध गरी परिवर्तनको संवाहकका रुपमा पार्टीलाई उभ्याउने उनले बताए ।  

उनले विचार मिल्ने र मुद्दा मिलने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य हुने पनि स्पष्ट पारे । 

महासचिव चन्दले नेकपा माओवादीले लडेर ल्याएको जनयुद्धको फल काँग्रेसले कुुर्सीमा उपरखुट्टी लगाएर खाइरहेको बताए । 

Skip This
Skip This
Logo