प्रधानमन्त्री प्रचण्ड र युएसएडका प्रमुख सामान्थाबिच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र युएसएडका प्रमुख सामान्थाबिच शिष्टाचार भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र अमेरिकन नियोग युएसएडका प्रमुख प्रशासक सामन्था पावर बिच शिष्टाचार भेटवार्ता भएको छ ।सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उक्त भेटवार्ता भएको हो । 

यसअघि उनले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग भेटवार्ता गरेकी थिइन्।सामन्था पावर मंगलबार नै नेपाल आएकी हुन्। नेपाल आएलगतै पावरले उच्चस्तरीय भेटवार्ता गरिरहेकी छिन्। 

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै सामन्था नेपाल आएकी हुन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदको सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् ।

Logo