नेपाली कांग्रेसलाई प्रतिपक्ष सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश सपना मल्ल प्रधानको इजलासले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । दुवै पक्षको छलफलपछि यो विषयमा रिट निवेदकले मागे अनुसारको अन्तरिम आदेश दिने वा नदिनेबारे आदेश गर्नेछ।
अधिवक्ता विमलप्रसाद पोखरेलले हिजो संसद् सचिवालयविरुद्ध रिट निवेदन दिएका थिए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्ष दल र सो पार्टीका संसदीय दलको नेता शेरबहादुर देउवालाई प्रतिपक्ष दलको नेताको हैसियतमा सुबिधा दिन नहुने रिटमा उल्लेख छ ।





























प्रतिक्रिया