मस्यौदा समिति बैठकमा सांसदहरुको राजीनामाबारे मत बाझियाे

मस्यौदा समिति बैठकमा सांसदहरुको राजीनामाबारे मत बाझियाे

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा सदस्यले आफ्नो पदबाट राजीनामा दिँदा सभामुखसमक्ष सनाखत गर्ने कि नगर्ने भन्ने विषयमा प्रतिनिधि सभा सदस्यहरुको मत बाझिएको छ । 

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा प्रतिनिधि सभा सदस्यको राजीनामाको व्यवस्था सम्बन्धी छलफलका क्रममा राजीनामा दिने सांसदले सभामुख समक्ष सनाखत गर्ने कि नगर्ने भन्ने सम्बन्धमा प्रतिनिधि सभा सदस्यहरुको मत बाझिएको हो । 

बैठकमा बोल्दै समिति सदस्य सुवासचन्द्र नेम्वाङले विगतको अभ्यास सनाखत गर्ने रहेको बताए । उनले संविधानमा भने राजीनामा दिएपछि स्वीकृत या सनाखत नगरी सो पद रिक्त हुने व्यवस्था भएको पनि उल्लेख गरे । कसैले सनाखत गर्ने गरेको र कसैले सनाखत नगर्ने गरेको भन्दै उनले यो दुवै दृष्टान्तलाई हेरेर उपयुक्त व्यवस्था गर्नुपर्ने बताए ।  
 
बैठकमा बोल्दै समिति सदस्य प्रदीप यादवले आफूहरुको हस्ताक्षरको दुरुपयोग गर्दै राजीनामा बुझाउन सक्ने भन्दै स्वयं व्यक्तिले सनाखत गर्ने व्यवस्था गर्नुपर्ने बताए ।   

समितिसदस्य प्रेम सुवालले भने लिखित राजीनामा गरिसकेपछि सनाखत गरिरहनु आवश्यक नभएको तर्क गरे । कतिपयले राजीनामा गरेपछि पनि सनाखत अघि बार्गेनिङ गर्ने गरेको भन्दै सनाखत गर्ने व्यवस्था राख्न आवश्यक नरहेको बताए । उनले राजीनामा दिइसकेपछि स्वतः स्वीकृत गर्ने व्यवस्था गर्नुपर्ने बताए । 

यसअघि सांसदहरुले राजीनामा गरेर बार्गेनिङ गर्ने गरेको तथा सार्वजनिक व्यक्ति भएकाले हस्ताक्षरको दुरुपयोग पनि हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै राजिनामा सम्बन्धी प्रावधानलाई व्यवहारिक बनाउनुपर्नेमा समिति सदस्यहरुले जोड दिएका थिए । 

Skip This
Skip This
Logo