नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको उपविजेतामा सीमित भएको छ । बिहीबार साँझ बंगलादेशमा भएको च्याम्पियनसिपको फाइनलमा नेपाल घरलु टोलीसँग ३-० ले पराजित भएको हो ।
बंगलादेशलाई जित दिलाउन शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले एक एक गोल गरे । खेलमा केही अवसर पाउँदा पनि नेपालका कुनै खेलाडीले सदुपयोग गर्न सकेनन् । योसँगै बंगलादेश भने अपराजित रहँदै च्याम्पियन बनेको छ ।
नेपालले साफ महिला फुटबलको कुनैपनि स्तरको प्रतियोगिता हालसम्म जित्न सकेको छैन । उपविजेतामै सिमित बनेको छ ।































प्रतिक्रिया