असल मित्रबाट ख्याल-ख्यालमै विवाहसम्म पुगेको सांगीतिक जोडी : अर्जुन–दुर्गा (भिडियोसहित)

असल मित्रबाट ख्याल-ख्यालमै विवाहसम्म पुगेको सांगीतिक जोडी : अर्जुन–दुर्गा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गत असार १९ गते लकडाउनका बीच नै लोकप्रिय गीतकार तथा संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलका बीच बुढानिलकण्ठमा सुटुक्क विवाह भयो ।

कोरोना कहरका कारण देश लकडाउनको अवस्थामा रहँदा सरकारको मापदण्ड अनुसार निकै कम आफन्त तथा साथीभाईको सहभागितामा निकै साधारण तरिकामा उनीहरुले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका थिए ।

नेपाली चलचित्र एवं आधुनिक संगीतका चर्चित एवं सफल संगीतकार अर्जुन पोखरेल एवं स्थापित भइसकेकी गायिका दुर्गा खरेलका बीचमा केहि समय अघि देखिनै प्रेम प्रसंगका बारेमा चर्चा हुने गरे पनि एकले अर्कालाई असल साथी मात्र बताउँदै आएका यी दुईले कहिल्यै पनि आफ्नो प्रेम सम्बन्धको बारेमा खुलेर बोलेका थिएनन् । जसकारण उनीहरुले अचानक गरेको विवाहको निर्णयले धेरै कलाकर्मी आश्चर्यमा परेका थिए ।

उनीहरुको विवाह भएको १ महिना पूरा हुन थालिसकेको छ तर कोरोना कहरका कारण घरमै समय बिताईरहेका उनीहरुले हनिमुनको योजना समेत बनाउन पाएका छैनन् । यसैबीच हामीले नव विवाहित अर्जुन र दुर्गालाई विवाहपछिको १ महिना कसरी बित्यो र उनीहरुको लागि श्रीमान् श्रीमतीको सम्बन्ध भनेको के हो भन्ने विषयमा आधारित रहेर कुराकानी गर्न कार्यक्रम सहयात्रामा निम्त्याएका छौं । हेर्नुहोस् भिडियोमा :

Logo