राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानूनले प्रत्याभूति गरेका विषयहरु पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकी रहेको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरेकी छन् । शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले महिलामाथि हुने सबै प्रकारणको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्नेमा पनि जोड दिइन् ।
उनले भनिन्, ‘अहिले पनि दूर्गम क्षेत्रमा सुत्केरी हुन नसकेर वा सुत्केरी भएपछिको सामान्य उपचारको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । किन अहिले पनि महिलाहरु विभिन्न किसिमका सामाजिक कुरीतिको शिकार भईरहेका छन ? घरेलु हिंसा, यौन हिंसा र अन्य प्रकारका हिंसाबाट महिलाहरुले अझै पनि किन सुरक्षित महशुस गर्न सकिरहेका छैनन् ? यी प्रश्नहरुको उत्तर खोजिनु जरुरी छ । हाम्रा नीति तथा कार्यक्रम राम्रा हुँदाहुँदै पनि यीनको प्रभावकारी कार्यान्वयन हुन नसकेको कुरा यसमा पुनर्विचार गर्न आवश्यक देख्छु ।’
राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि पर्याप्त प्रयास गर्नुपर्ने पनि बताएकी छन् ।































प्रतिक्रिया