राष्ट्रपतिको सम्बोधनमा कांग्रेसको टिप्पणी- सरकारको नीति तथा कार्यक्रम अहिले नै आयो

राष्ट्रपतिको सम्बोधनमा कांग्रेसको टिप्पणी- सरकारको नीति तथा कार्यक्रम अहिले नै आयो

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका प्रवक्ता तथा सांसद डा.प्रकाशशरण महतले राष्ट्रपतिको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जसरी आएको बताएका छन् । 

शुक्रवार संसदको दुवै सदनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता महतले राष्ट्रपति विद्यादेवी भण्डारीको  सम्बोधनमा सबैको इच्छापत्र जस्तो कुरा आएको टिप्पणी गरेका हुन् । सरकारको नीति कार्यक्रममा आउने विषय अहिले नै आएको उनको भनाई छ ।

उनले भने, ‘यो नीति कार्यक्रम जसरी आएको छ । राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था त छ । त्यसमा केही फरक परेन । तर विषयवस्तुहरु समेटिएको छ । सबको इच्छापत्र जस्तो कुराहरु आएका छन् । सामान्यतया यस्ता विषयहरु नीति कार्यक्रम प्रश्तुत गर्दाखेरी आउँछ । यो अहिले नै आएको छ । त्यसमा धेरै अरु टिप्पणी गर्नुपर्ने कुराहरु छैन । हाम्रो सरकारको समस्या भनेकै कार्यान्वयनको समस्या हो ।’
 
प्रवक्ता महतले जतिसुकै विषय उठाएपनि सरकारले कत्तिको कार्यान्वयन गर्छ भन्ने कुरामा निर्भर रहने बताए । 

Logo