नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नयाँ सरकार आएसँगै उत्साह थपिएको बताएका छन् ।
नाडाको ४६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले राज्यलाई सबैभन्दा बढी राजश्व तिर्ने क्षेत्र अटोमाबाइल्स रहेको बताए । अटो व्यवसायीहरुले एउटा सवारी साधन आयात गरेर नेपाल ल्याउँदा सरकारका ६ वटा निकायमा वर्षको कर बुझाउनुपर्ने अवस्था रहेको उनले बताए ।
अध्यक्ष थापाले राज्यलाई अटोमाबाइल्स क्षेत्रबाट मात्रै २१ प्रतिशत राजश्व बुझाउने गरेपनि राज्यले अटोमोबाइल्स क्षेत्रलाई सहयोग नगरेको गुनासो गरे । उनले वर्तमान सरकार आएपश्चात व्यवसायी उत्साही बनेपनी अटो व्यापार ८० प्रतिशतले घटेको गुनासो गरे ।
उनले अटो व्यापार ८० प्रतिशतले घटेको तर बैंकको ब्याजदर भने ७ प्रतिशतबाट १६ प्रतिशत माथि पुगेकाले व्यवसायीहरु मारमा परिरहेको पनि बताए ।































प्रतिक्रिया