सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिएपछि यसको विरोध भइरहेको छ ।
तत्कालीन माओवादीका सुप्रिम कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही निर्णयअनुसार सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ । तर, सो निर्णयको द्वन्द्वपीडित र नागरिक समाजले विरोध जनाएका छन् । सोमबार उनीहरु ब्यानर प्रदर्शनमा उत्रिएका छन् । ‘सार्वजनिनक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय दे’ लेखिएको ब्यानरसहित उनीहरुले प्रदर्शन गरेका हुन् । फागुन १ लाई कालो दिनको रुपमा उनीहरुले लिएका छन् ।































प्रतिक्रिया