नेपाल विद्युतीय व्यवसायी महासंघको नयाँ कार्यसमिति चयन भएको छ । हालै काठमाडौंमा सम्पन्न महासंघको १३ औँ वार्षिक साधारण सभा एवं पाचौँ महाधिवेशनबाट रेशम प्रसाद देवकोटाको अध्यक्ष्यतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
कार्यसमितिमा अध्यक्षमा देवकोटासहित प्रथम उपाध्यक्षमा प्रेम बहादुर जिसी, द्धितिय उपाध्यक्षमा कोमल पोखरेल, तृतिय उपाध्यक्षमा लेखनाथ सापकोटा, महासचिवमा गोपाल अग्रवाल, सचिवमा विनोद लुईटेल सर्वसम्मत चयन भएका छन् ।
अन्य केही पदमा भने सर्वसम्मत नभएपछि निर्वाचन भएको थियो । कोषाध्यक्षमा पदमा प्रकाशचन्द्र पाण्डेय निर्वाचित भएका छन् । पाण्डेयले १६१ मत प्राप्त गर्दा प्रतिस्पर्धी खस्दा देवकोटाले १४८ मत पाए । साथै सह–कोषाध्यक्षमा महेन्द्र कुमार श्रेष्ठ २३ मतले विजयी भएका छन् । श्रेष्ठले १६५ मत प्राप्त गर्दा प्रतिस्पर्धी शशिधर जैशी लामिछाने १४२ मत मात्रै पाए ।
त्यस्तै, कार्यसमिति सदस्यमा भएको निर्वाचनमा क्रमशः शंकर प्रसाद पोखरेल, केशव ढकाल, राजेश गौतम, शिवराज रिजाल र चन्द्रकान्त जैसी शर्मा निर्वाचित भएका छन् ।
प्रदेश कार्यसमिति सदस्यहरुमा प्रदेश १ बाट चन्द्रमणी देवकोटा निर्वाचित भए भने मधेश प्रदेशबाट मनोज कुमार अग्रवाल, बागमती प्रदेशबाट सरोज कुमार रेग्मी, गण्डकी प्रदेशबाट राजु भण्डारी, लुम्बिनी प्रदेशबाट लोकनाथ पोखरेल र सुदूरपश्चिम प्रदेशबाट विष्णुराज भट्ठ सर्वसम्मत चयन भएका छन् ।





























प्रतिक्रिया