जितु नेपाल अभिनित चलचित्र ‘ह्यारीकी प्यारी’ले दोस्रो साता पनि दर्शकको साथ पाएको छ। माघ २० गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले हाउसफूल व्यापार गरिरहेको हो ।
दोस्रो हप्ताको शनिवार उत्साहपूर्ण ढंगले चलचित्र हेर्न दर्शकको उपस्थिती रहनुले निर्माण पक्ष उत्साहित छ तर यसबीचमा चलचित्र ह्यारी कि प्यारी पुर्णत फ्लप भनेर जसरी प्रचारबाजी भएको छ, त्यो देखेर चलचित्रको निर्माण युनिट क्रुद्ध बनेको छ ।
यस विषयमा चलचित्रका अभिनेता नेपाल भन्छन्– ‘चलचित्र हलमा लाग्ने र सोही दिन उत्रिने चलचित्रसँग ह्यारी कि प्यारीलाई तुलना गरेर फ्लप करार गर्न खोजिएको छ, ह्यारीकि प्यारीले गरेको वास्तविक व्यापारको बारेमा सहि अनुसन्धान गरेर लेख्नुहोस वा निर्माण युनिटसँग जानकारी लिएर बोल्नुहोस् ।’
‘चलचित्र हेर्ने दर्शकको प्रतिक्रिया बुझ्नुहोस् र हल आएर दर्शकको उपस्थिती हेर्नुस, त्यहाँबाट थाहा हुन्छ । ह्यारी कि प्यारी फ्लप वा हिट ।’
चलचित्र ह्यारी कि प्यारीले बलिउडको विशाल बजेटको चलचित्र पठानसँग हलहरुमा प्रतिस्पर्धा गरेको थियो । ब्लकबस्टर हिट पठान हेर्ने दर्शकका बाबजुद ह्यारी कि प्यारीले यो सफलता प्राप्त गर्नु चानचुने कुरा नभएको जितु बताउँछन् । जितु अभिनित चलचित्र फ्लप भनेर सस्तो प्रचारबाजीमा उत्रिनेहरुलाई चुनौती दिँदै उनी भन्छन्- ‘चलचित्र हेर्ने दर्शकको प्रतिक्रिया बुझ्नुहोस् र हल आएर दर्शकको उपस्थिती हेर्नुस, त्यहाँबाट थाहा हुन्छ । ह्यारी कि प्यारी फ्लप वा हिट ।’
फिल्मको इनिसियल ओपनिङ बम्पर नभए पनि ‘वर्ड अफ माउथ’ले हलमा लामो समयसम्म टिक्ने उनकाे विश्वास छ ।
फरक भूगोल र परिवेशका दुई पात्रको भेटपछि आउने उतार-चढावमा केन्द्रित यस चलचित्रको कथावस्तुको दर्शकले तारिफ गरेका छन्।
निर्माण पक्षका अनुसार यस चलचित्रले दोस्रो साताको शनिबार नै एक करोड पाँच लाख बढी ग्रस कलेक्सन गरिसकेको छ । अहिले लबिम मल, वान सिनेमाज, भक्तपुर क्युएफएक्स, केएल टावरलगायतका हलले हाउसफूल व्यापार गरिरहेका छन् । अघिल्लो शनिबार पनि फिल्मको व्यापार सुखद् थियो ।
फरक भूगोल र परिवेशका दुई पात्रको भेटपछि आउने उतार-चढावमा केन्द्रित यस चलचित्रको कथावस्तुको दर्शकले तारिफ गरेका छन्।निर्माण युनिट पनि हलहलमा पुगेर दर्शकसँग माया साटिरहेका छन् ।
कपिल रिजालकाे निर्देशन रहेकाे चलचित्रमा अभिनेता जितुका अलावा अभिनेत्री साम्राज्ञी आरएल शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारीलगायत कलाकारको अभिनय छ । चलचित्रमा रेखा थापा पनि विशेष भूमिकामा प्रस्तुत छिन्।
बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको यस चलचित्रको कथा निर्देशक रिजाल आफैले तयार पारेका हुन् । साथै सुदीप बरालले छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।





























प्रतिक्रिया