पूर्वराजा शाहले गरे दुर्गा प्रसाईंकाे महाभियानको उद्घाटन

पूर्वराजा शाहले गरे दुर्गा प्रसाईंकाे महाभियानको उद्घाटन

केन्द्रबिन्दु
0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाहले झापाका दुर्गा प्रसाईंले सुरु गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको सोमबार उद्घाटन गरेका छन् । 

सरकारले 'जनयुद्ध दिवस'को सार्वजनिक बिदा दिएको दिन शाहले पानसमा बत्ति बालेर तथा परेवा उडाएर अभियानको उदघाटन गरेका हुन् ।

कार्यक्रम स्थलमा पुगेका पूर्वराजा शाह आधा घण्टा बसेर फर्किएका थिए । उनले त्यहाँ कुनै सार्वजनिक अभिव्यक्ति दिएनन् । मेचीनगर नगरपालिका-६ को प्यारिभिट्टामा आयोजित समारोहमा महाअभियान सुरु गरिएको हो ।
 
उद्घाटन कार्यक्रममा शाहकी श्रीमती कोमल शाह, छोरा पारश शाह र छोरी शिताष्म शाहको सहभागिता थियो । पूर्वघोषित कार्यक्रम अनुसार शाह परिवार दिउँसो नै कार्यक्रम स्थल आइपुगेको थियो । उनीहरू त्यहाँ आधा घण्टामात्रै बसेका थिए । 

Skip This
Skip This
Logo