बागमतीमा आजदेखि ७० अंक ल्याए ‘ट्रायल पास’ हुने, यस्तो छ अंकभार

बागमतीमा आजदेखि ७० अंक ल्याए ‘ट्रायल पास’ हुने, यस्तो छ अंकभार

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशमा आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा ग्रेडिङ सिस्टम लागू हुने भएको छ।

जस अनुसार प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयहरूमा लिखित तथा ट्रायल परीक्षामा ७० अङ्क ल्याए पनि पास हुने भएको छ। बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईंका अनुसार मंगलबारदेखि लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुनेछ।

आज प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले उक्त नयाँ मापदण्डको शुभारम्भ गर्नेछन्। उनले शुभारम्भ गरेसँगै आजैदेखि उक्त मापदण्ड कार्यान्वयनमा जाने मन्त्रालयले जनाएको छ। सवारी चालक अनुमति पत्रको लागि उत्तिर्ण हुनका लागि १०० पूर्णाङकमा १०० नम्बर नै ल्याउनुपर्ने व्यवस्था अवैज्ञानिक तथा अव्यवहारिक रहेको भन्दै मन्त्रालयले मंगलबारबाट नयाँ व्यवस्था लागू गर्न लागेको हो। बागमती प्रदेशमा रहेका ११ वटा यातायात ब्यवस्था कार्यालय मध्य सवारी चालक अनुमति प्रदान गर्ने सम्पूर्ण सेवा केन्द्रहरुले एकैपटक मंगलबारबाट ७० अंकमा ट्रायल पास हुने व्यवस्था गर्नेछन्।

यस्तो छ नयाँ व्यवस्था

ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अंकभार एक सय तोकिएको छ। त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ। बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेडचालकका लागि घुमाउरो ८ (एट) आकार को अंकभार २० तोकिएको छ। दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक पाँच अंकका दरले १० अंकभार घट्नेछ, तर पनि ट्रायल भने फेल भइँदैन।

यस्तै, दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ।

यसैगरी, साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्किए पनि अनुत्तिर्ण हुनेछन् । निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ। टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन्।

Logo