एसियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप 

एसियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप 

केन्द्रबिन्दु
0
Shares

एसियन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ।

कम्पनीले गत माघ २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको थियो। तर, सरकारले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएकाले यो आईपीओमा आवेदन दिने म्याद फागुन ३ गते बैंकिङ समयसम्म थप गरिएको धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।

कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। जसमा १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ। अब बाँकी रहेको सेयरमा पनि ५ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १६ हजार ८०० कित्ता कर्मचारीलाई छुट्याएको छ। बाँकी ६ लाख ९७ हजार २०० कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन् ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

Skip This
Skip This
Logo