कोरोनाबाट क्यालिफोर्नियामा एक करोड बीस लाख प्रभावित

कोरोनाबाट क्यालिफोर्नियामा एक करोड बीस लाख प्रभावित

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको सबैभन्दा वढी जनघनत्व भएको राज्य क्यालिफोर्नियमा कोभिड–१९ बाट एक करोड २० लाख मानिस प्रभावित भएका एक प्रतिवेदनले देखाएको छ । 

चार करोड जनसङ्ख्या रहेको क्यालिफोर्निया राज्यमा गत शुक्रबारसम्म कोरोनाबाट प्रभावित भएकाको विवरण सार्वजनिक गर्दै लस एञ्जलस टाइम्सले महामारीले विकराल रुप लिएका बेला कैयौँले परीक्षण नगराएका, केहीले घरमै जाँच गराएकाले पीडितको सङ्ख्या अझ अधिक भएको जनाएको छ । यो वर्षको प्रारम्भसँगै महामारी पनि नियन्त्रणमा आएकाले परिस्थिति सामान्य भएको छ ।

क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसमले गत अक्टोबरमा कोभिडका कारण राज्यमा लागू गरिएको आपत्काल यसै महिनाको २८ तारिखदेखि अन्त्य हुने घोषणा गरेका थिए । करिब चार वर्षदेखि उक्त राज्यमा आपत्काल लागू भएको थियो । 

सन् २०२१ मा क्यालिफोर्निया महामारीको केन्द्रविन्दु नै बनेको थियो । त्यस वर्ष उक्त राज्यमा ५० लाख मानिस कोरोनाबाट सङ्क्रमित भएका थिए । गत अगष्टसम्म उक्त राज्यमा एक करोड मानिस सङ्क्रमणको शिकार भएका थिए । -सिन्ह्वा

Skip This
Skip This
Logo