गायिका सुनिता दुलालको नयाँ गीतमा दिलिप रायमाझी र नम्रताको अभिनय (भिडियोसहित)

गायिका सुनिता दुलालको नयाँ गीतमा दिलिप रायमाझी र नम्रताको अभिनय (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गायिका सुनिता दुलालको नयाँ गीत बेसी मेलैमा सार्वजनिक गरिएको छ । दुलालको यस नयाँ गीतमा वैदेशिक रोजगारी, त्यसले परिवारमा पार्ने प्रभाव, परिवारको आर्थिक अवस्था, देशमा बढिरहेको भ्रष्टाचार तथा नेपाली समाजमा विद्यमान वेथितिले सिर्जना गरेको परिस्थिती समेटिएको छ ।

गीतमा नेत्र अर्यालको शब्द रचना रहेको छ । यस गीतमा सुनिता दुलाललाई गायक खुमन अधिकारीले साथ दिएका छन् । यसमा संगीत पनि खुमन अधिकारीले नै भरेका छन् । समूह गायनमा सुनितामी परियार, पुष्प बोहरा, खेम सेन्चुरी र किरण विकको स्वर छ ।

शिव विकले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा नायक दिलिप रायमाझी र नायिका नम्रता सापकोटाको दमदार अभिनय देख्न पाइने छ । भिडियो यस्तो छ :

Logo