सुपरमाई हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

सुपरमाई हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

केन्द्रबिन्दु
0
Shares

सुपरमाई हाइड्रोपावरको आइपिओ शुक्रबार बिहान बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ४१ हजार ५०० जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । उक्त आइपिओमा कुल १३ लाख २२ हजार ४९२ जनाले आवेदन दिएकोमा ४ हजार १७२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आइपिओ बिक्री खुला गरेको हो । कम्पनीले कुल ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री गरेको थियो ।

यस्तै, ५ प्रतिशत अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरू छुट्याएर बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणमा वितरण गरेको हो । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् । साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

Logo