नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गरेका छन् ।
शुक्रवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरुसँगको छलफल कार्यक्रममा बोल्दै प्रमुख सचेतक लेखकले यस्तो दाबी गरेका हुन् । उनले अबको हप्ता १० दिन भित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताए ।
एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्ता गठबन्धन स्थिर नरहेको उनकाे भनाई थियाे ।
उनले मुल राजनीतिक मुद्दा जुन छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली काँग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको बताए ।
एमाले संसद विघटको चाहना राखेर अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै यस्ता पदहरु जो संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा काँग्रेसको स्वभाविक दाबी रहने उनले बताए ।
प्रमुख सचेतक लेखकले काँग्रेस राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको उल्लेख गरे ।





























प्रतिक्रिया