आईआईएफटीको सातौं ड्रेस टु इम्प्रेसः चार जना भए उत्कृष्ट डिजाइनर

आईआईएफटीको सातौं ड्रेस टु इम्प्रेसः चार जना भए उत्कृष्ट डिजाइनर

केन्द्रबिन्दु
0
Shares

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका चार डिजाइनरले बेग्लाबेग्लै क्याटगोरीमा उत्कृष्ट डिजाइनरको उपाधि जितेका छन् ।

वरिष्ठ पत्रकार एवं गीतकार हरि गोपल प्रधानको सभापतित्व आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न ‘ड्रेस टु इम्प्रेस’को सातौँ सिजनमा ११० जना डिजाइनरहरुले प्रतिस्पर्धा गरेका थिए । आईआईएफटीकै विद्यर्थीबीच भएको डिजाइनर प्रतिस्पर्धामा ‘फ्युचरस्टिक’ अर्थात् ‘भविष्यको विषय’ थिममा शिल्पा श्रेष्ठ उत्कृष्ट भइन् ।

यस्तै, ‘अण्डर द सि’ थिममा रोश्ना टमाटा र ‘ब्ल्याक एण्ड बोल्ड’मा सावित्रादेवी राई उत्कृष्ट डिजाइनर घोषित भएका छन् ।

‘वाइल्डलाइफ नेचुरल एण्ड टुरिजम’ अर्थात ‘वन्यजन्तु प्रकृति र पर्यटन’ थिममा अप्सना मियाँ उत्कृष्ट डिजाइनर घोषित भएका छन् । चारै जना विजेतालाई नगद पुरस्कार र अवार्ड प्रदान गरिएको छ ।

प्रतिस्पर्धामा मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, बुटिक एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष एवं युवा व्यवसायी उज्वलकृष्ण श्रेष्ठ, फेसन डिजाइनर महेश महर्जन, अंकित मैत्य, फेसन डिजाइनर दिलमाया मगर, ग्ल्यामरस फोटो पत्रकार राजभाइ सुवाल र व्यवसायी कृष्णराज तिमिल्सिना निर्णायक रहेका थिए ।

‘फेसन डिजाइनिङ र मोडलिङको कम्बिनेशन’ मानिने ‘ड्रेस टु इम्प्रेस’मा आफूले तयार पारेका पहिरन लगाएर डिजाइनरहरु नै प्रस्तुत हुने गरेका छन् । जसले डिजाइनरहरुलाई समेत मोडलिङबारे ज्ञान हुने आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए । उनले भने, ‘फेसन डिजाइनरलाई मोडलिङबारे जानकारी हुन आवश्यक छ । त्यसैले ड्रेस टु एम्प्रेसमा डिजाइनरहरुलाई मञ्चमा उतार्ने गरेका हौँ ।’

कार्यक्रम मोडल तथा कोरियोग्राफर विपना थापाको कोरियोग्राफी र निर्देशनमा सम्पन्न भएको हो । आईआईएफटीले करिब ८ वर्षदेखि फेसन डिजाइनिङ र इन्टेरियर डजाइनको अध्यापन गराउँदै आएको छ । 

प्रबन्धक निर्देशक शर्पाले काठमाडौंको बागबजार र कमलादीको हेरिटेज प्जाजा तथा ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटी पछिल्लो समय फेसन डिजाइनर तथा इन्टेरियर डिजाइनर बन्न चाहनेका लगि पहिलो रोजाइ बन्न सफल आईआईएफटीलाई अन्य सहरमा समेत विस्तार गर्ने योजना रहेको बताए ।

Skip This
Skip This
Logo