आईसीसी महिला विश्वकप: वेस्ट इन्डिज र न्युजिल्यान्ड विजयी

आईसीसी महिला विश्वकप: वेस्ट इन्डिज र न्युजिल्यान्ड विजयी

केन्द्रबिन्दु
0
Shares

दक्षिण अफ्रिकामा जारी आईसीसी महिला विश्वकपमा पाकिस्तान र श्रीलंकाले हार बेहोरेका छन्। पार्ल रंगशालामा आइतबार राति सम्पन्न खेलमा पाकिस्तानलाई वेस्ट इन्डिजले ३ रनको झिनो अन्तरले हराएको हो।

खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११६ रन बनाएको थियो। जवाफमा पाकिस्तानले पाँच विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। खेलमा दुई विकेटसमेत लिएर साथै २० रन बनाएकी हेले माथ्थिउस प्लेयर अफ दि म्याच बनिन्। 

त्यस्तै, अर्को खेलमा न्युजिल्यान्डले श्रींकालाई १०२ रनको ठूलो अन्तरले हराएको छ। पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले तीन विकेट मात्र गुमाएर १६२ रन बनाएको थियो। १६३ रनको निकै ठूलो लक्ष्य पाएको श्रीलंकाले १५ ओभर ५ बलमा सबै विकेट गुमाएर ६० रन मात्र जोड्न सक्यो।

यससँगै न्युजिल्यान्ड समूह एको दोस्रो स्थानमा छ भने पाकिस्तानलाई हराएको वेस्टइन्डिज समूह बीको तेस्रो स्थानमा रहेको छ। जित निकाल्दै यी दुई  टिम सेमीफाइन पुग्ने प्रयासमा छन्। अहिलेसम्म अष्ट्रेलिया र इंग्ल्यान्डले विश्वकपको सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।

Skip This
Skip This
Logo