हिमाल अस्पतालमा पीडित पक्षको धर्ना, आकस्मिकबाहेकका सबै सेवा प्रभावित

हिमाल अस्पतालमा पीडित पक्षको धर्ना, आकस्मिकबाहेकका सबै सेवा प्रभावित

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालको आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएको छ । बालिका प्रशंशा गौतमको न्यायका लागि भन्दै पीडित पक्षले बुधबार अस्पताल भित्रै चर्का नाराबाजीसहित धर्ना दिएपछि सो अस्पतालको आकस्मिक बाहेकका सबै सेवा प्रभावित भएको हो । 

मोरङका गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंशाको उपचारको क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै सो अस्पताल र त्यहाँ कार्यरत चिकित्सक डाक्टर जयदेव यादवसँग मंगलवार (हिजो)पत्रकार सम्मेलन गरी उचित क्षतिपूर्तिको माग गरेका थिए । आज पीडित पक्षले सो अस्पताल व्यवस्थापनसँग उचित क्षतिपूर्तिको माग गर्दै धर्ना दिईरहेका छन भने चिकित्सक यादवमाथि आक्रोशित हुँदै छानवीन गरी कडा कारबाही गर्न पनि माग गरिरहेका छन्।

उनीहरुले ‘मान्छे मार्न पाईदैँन्’, ‘ज्यानमारा चिकित्सक चाहिँदैन्’ भन्नेजस्ता चर्का नाराबाजी लगाउँदै सो अस्पतालको मुख्यगेटमा समेत ताला लगाईदिएका छन् । पीडित पक्षले अस्पताल व्यवस्थापनले तत्काल आफूहरुको माग सम्बोधन नगरे अस्पतालमा तोडफोडसमेत गर्न बाध्य हुने चेतावनी दिएका छन् । 

गत माघ २३ गते सामान्य रुघाखोकी र ज्वरो आएकी बालिका प्रशंशालाई उनका बुबा गंगा गौतमले उपचारका लागि सो अस्पताल पुर्‍याएका थिए । तर सो अस्पतालमा कार्यरत चिकित्सक यादवले कुनै परीक्षण नगराई औषधि दिएको र विरामी शिथिल भएपछि कान्ति बाल अस्पतालमा रिफर गर्दा पनि सो लेटरमा चिकित्सकको हस्ताक्षर समेत नगरेर लापरबाही गरेकाले उनको ज्यान गएको पीडित पक्षको आरोप छ । 

पीडित अभिभावक गौतमले चिकित्सक यादवको लाईसेन्स खारेज गर्न र आफूहरुलाई उचित क्षतिपूति दिलाउन माग गर्दै  फागुन ८ गते नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशन, जिल्ला प्रशासन कार्यालय, काठमाडौं, प्रहरी परिसर टेकुमा पनि उजुरी दिएका छन् । त्यसको बोधार्थ हिमाल अस्पताललाई पनि दिइएको उनले बताएका छन् ।

प्रशंशाको १३औं पुण्यतिथि सकिएपछि पीडित पक्षले सो अस्पताल परिसरमै धर्ना दिन सुरु गरेका हुन् । पीडित अभिभावक गौतमले न्यायका लागि अदालत पनि जान बाध्य हुने बताएका छन् । 

हिमाल अस्पतालको लापरबाहीका कारण छोरीको ज्यान गएको आरोप, क्षतिपूर्ति माग 

Skip This
Skip This
Logo