नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको दौडमा रहेका बेला जन्ममिति विवाद सार्वजनिक भएपछि सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंह आगामी चैतपछि नियुक्ति हुने नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका थिए । हाल एआईजीमा बढुवा हुनेमध्येबाटै भावी महानिरीक्षक चयन हुने सम्भावना थियाे । तर, उनको जन्म मिति र शैक्षिक योग्यताको प्रमाण पत्रलाई लिएर उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको थियो ।
स्रोतका अनुसार २०५० सालमा सिंहले प्रहरी निरीक्षकमा भर्ना हुन दिएको शैक्षिक प्रमाणपत्रमा जन्ममिति २०२५ पुस १६ उल्लेख छ तर, २०४२ जेठ २२ मा जारी भएको नागरिकतामा भने उमेर १८ वर्ष लेखिएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । सिंह गत असारमा मात्र डीआईजीमा बढुवा भएका थिए ।































प्रतिक्रिया